खेल

सिड्नीमा हुने भलिबल प्रतियोगितामा आठ टिम भिड्दै

सिड्नी- पोखरा भलिबल क्लबको आयोजनामा अष्ट्रेलियामा भलिबल प्रतियोगिता हुने भएको छ। डिसेम्बर ११ तारिखमा सिड्नीमा होल्म्स कप भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो। ग्लोबल कन्सल्टको सहकार्यमा अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरुलाई गोलवन्द गर्न प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक अर्जुन गुरुङले जनाए।
   म्यारिकभिल स्थित पीसीवाईसी हलमा हुने उक्त प्रतियोगितामा  ८ टिमले भाग लिने छन्। आयोजक पोखरा भलिबल क्लब सँगै, गल्कोट समाज अष्ट्रेलिया, म्याग्दी प्रवासी नेपाली संघ, नेपाली जन सम्पर्क समिती अष्ट्रेलिया, थकाली सेवा समिती, म्याग्दी जलजला परिवार अष्ट्रेलिया, नेपाली अष्ट्रेलियन युथ एसोसियसन र सेन्ट जर्ज कम्युनिटीले प्रतियोगितामा भाग लिने छन्।

उपाधि विजेताले नगद १७०० अष्ट्रेलियन डलर, र खसी पुरस्कार पाउने आयोजकले जनाएका छन्। त्यस्तै उपविजेता टोलीले नगद १००० अष्ट्रेलियन डलर र खसी जित्नेछन्।

प्रकाशित: २० मंसिर २०७३ १४:२८ सोमबार

सिड्नीमा हुने भलिबल प्रतियोगितामा टिम भिड्दै