खेल

बर्नमाउथसँग लिभरपुल पराजित

लन्डन- बर्नामाउथ भ्रमणमा निस्केको लिभरपुलले ४-३ को नतिजा सम्पिएपछि इङ्लिस प्रिमियर लिगमा आइतबार शीर्ष टोलीसँगको दुरी कम गर्ने अवसर खेर फालेको छ। पहिलो हाफमा २–० को अग्रता लिएको लिभरपुल अन्तत ४–३ ले पराजित भयो। लिभरपुलको पराजयले शनिबार म्यानचेस्टर सिटीमाथि ३–१ को नतिजा निकालेको चेल्सीलाई फाइदा पुगेको छ। लिगमा १४ खेल सकिदाँ चेल्सी ३४ अंकका साथ शीर्ष स्थानमा रहँदा लिभपुल भने ३० अंकका साथ तेस्रो स्थानमा छ। ३१ अंक बटुलेको आर्सनल दोस्रो स्थानमा छ।

भ्रमणकारी टोली लिभरपुललाई साडियो मानेले २० औं मिनेटमा अग्रता दिएका थिए। त्यसको २ मिनेट बित्न नपाउँदै डिभोक ओरिगीले अग्रता दोब्बर पारे। कालुम विल्सनले ५६ औं मिनेटमा गरेको पेनाल्टी गोलबाट बर्नामाउथले पुनरागमन गरेको थियो। त्यसको ८ मिनेटमै इमर क्यानले लिभरपुलको अग्रता बढाएका थिए। तर ७६ औं मिनेटमा रायन फ्रासेरले घरेलु टोलीको अन्तर कम गरेको थिए भने ७९ औं मिनेटमा स्टेभ कुकले बराबरी गोल गरेका थिए। इन्जुरी समयमा नथान एकेले गोल गर्दै घरेलु दर्शकलाई खुशी बनाएका थिए।

प्रकाशित: २० मंसिर २०७३ ०३:४३ सोमबार

बर्नमाउथसँग लिभरपुल पराजित