खेल

यू १७ महिला साफमा भारतले नेपाललाई हरायो

साफ यू१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा भारतले नेपाललाई हराएको छ।  

आज बंगलादेशको ढाकामा  खेलमा भारतले ४(१ गोल अन्तरले नेपाललाई हराएको हो।

भारतका लागि शिल्जी शाजी एक्लैले तीन गोल गरिन । त्यसैगरीपूजाले एक गोल गरेकी हुन । नेपालका लागि एकमात्र सान्त्वना गोल वर्षा ओलीले गरेकी हुन। प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ।

अब नेपालले दोस्रो पर्सि बुधबार भुटानसँग खेल्नेछ । त्यस्तै अर्को आइतबार रुससँग खेल्नेछ ।नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।

प्रकाशित: ६ चैत्र २०७९ ११:४० सोमबार