खेल

क्रिकेट टोलीलाई राष्ट्रपतिले भेटेर बधाई दिने

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई भेटेर बधाई दिने भएका छन्।

शुक्रबार दिउँसो २:३० बजे राष्ट्रपति भवन शीतलनिवासमा खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

यसअघि शुक्रबार बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले खेलाडीलाई सम्मान गरेका थिए।

नेपालले बिहीबार युनाइटेड अरब इमिरेट्स् (यूएई)लाई डकवर्थ लुइस पद्धतिअनुसार ९ विकेटले हराउँदै विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेका थियो।

प्रकाशित: ३ चैत्र २०७९ ०७:५९ शुक्रबार

रामचन्द्र पौडेल