खेल

मिल्स गोल्डकप: डिफेन्डिङ च्याम्पियन प्रतिभासँग उपाधिका लागि ध्रुरवतारा खेल्दै

डिफेन्डिङ च्याम्पियन सिराहाको प्रतिभा फुटबल क्लब पुन: तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

जितसँगै सिराहाले उपाधिका लागि शनिबार झापाको धु्रवतारा स्पोर्टिङ क्लबसँग खेल्ने छ। झापाले सिराहाको सहलेस फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

मिल्स गोल्डकप ट्रष्टले विराटनगरमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा सिराहाले उदयपुरको गाईघाट फुटबल क्लबलाई ३–० गोल फरकमा हराउँदै फाइनलमा पुगेको हो।

सिराहाका लागि अब्दुला, बिनु आले मगर र सिद्धान्त लामाले गोल गर्दै टोलीलाई विजयी बनाए।  

१५ औं मिनेटमा सिराहाका अब्दुलाले डिबक्सभित्र गरेको प्रहार बाहिरियो। ३९ औं मिनेटमा गाईघाटका दीपक मगरले २५ यार्ड नजिकबाट गरेको प्रहार बाहिरियो। ४४ औं मिनेटमा सिराहाका अब्दुलाले गोल गर्दै अग्रता दिलाए। सिद्धान्त लामाले डिबक्सभित्रबाट मिलाई दिएको पासमा अब्दुलाले गोल गरे।

६२ औं मिनेटमा बिनु आले मगरले गोल गर्दै अग्रता दोब्बर पारे। ६४ औं मिनेटमा अब्दुलाले गोल थप्दै गोल संख्या तेब्बर बनाए। खेलको म्यान अफ द म्याच सिराहाका बिनु आले मगर भए।  

प्रकाशित: २ चैत्र २०७९ १३:४१ बिहीबार

मिल्स गोल्डकप