खेल

पाकिस्तानसामु नेपालको झिनो लक्ष्य

काठमाडौं–नेपाली राष्ट्रिय महिला टोलीले एसिया कप टि–ट्वान्टीमा पाकिस्तानलाई ४८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला व्याटिङ रोजेको नेपालले १८ दशमलव १  ओभरमा सबै विकेट गुमाउँदै झिनो लक्ष्य प्रस्तुत गरेको हो।
थाइल्याण्डमा जारी खेलमा नेपाली कप्तान रुविना क्षेत्रीले सर्वाधिक ११ रन  बनाएकी थिइन भने इन्दु वर्मा र ज्योति पाण्डेले समान ८–८ रन बनाएका थिए।
नेपाललाई सस्तोमा समेट्ने क्रममा पाकिस्तानकालागि अनम अनिम, सना मिर, सदिया युसुफले समान दुई दुई विकेट लिएका थिए।

 

प्रकाशित: ११ मंसिर २०७३ ०८:२३ शनिबार

पाकिस्तानसामु नेपालको झिनो लक्ष्य