खेल

चौथो आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार

चौथो आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएकाे छ। बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र खुशिबु, काठमाडौमा भएको सेमिनारमा ५२ जना खेलाडीकाे सहभागिता थियो।

पहिलो सेमिनार पोखरामा र दोस्रो तथा तेस्रो  सेमिनार काठमाडौंमा भएको हाे। उक्त खेलमा दुबई,अस्ट्रेलिया,भारत,रसिया,सिंगापुर लगायत नेपालका खेलाडीहरूको सहभागिता थियो। 

यस जापानी आत्मसुरक्षा मार्सल आर्टको सेमिनारका लागि जापानबाट आइकिदो प्रधान कार्यालयबाट गुरु इतो माकोतो सेन्से आएका थिए।

आइकिदो खेल १४० देशमा खेल्ने गर्दछ। यस खेललाई शालिनताका साथ खेलिने आत्मरक्षाको मार्सल आर्टमा लिइन्छ। हाल यस खेललाई, काठमाडौ, पोखरा र तनहुँ लगायतका डोजो  र विद्यालयहरूमा समेत आइकिदो आइकिकाई संघ नेपालले प्रशिक्षण दिंदै आएको छ।

उक्त संस्थाले नेपालमा १४ वर्षदेखि प्रशिक्षण दिंदै आएको छ। अर्जुन श्रेष्ठले यस खेललाई नेपाल भित्रयाएका हुन्। यस खेललाई शान्ति र सद्भावको कला पनि भनिने संस्थाका सचिव विनय श्रेष्ठले बताए। यस सेमिनारले पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय भाइचारा बढाउने विश्वास गरिएको छ।

प्रकाशित: २ चैत्र २०७९ ०५:१० बिहीबार

चौथो आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार