खेल

प्याट्रियट्स कप क्रिकेट शनिबारदेखि

प्याट्रियट्स कप दोस्रो अन्तरकलेज ट्वान्टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

ललितपुर प्याट्रियट्स प्रालिको आयोजनामा हुने प्रतियोगितामा १२ छात्र टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दियो। चैत ११ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि आयोजकले सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाउनेछ।

समूह ‘ए’ मा ब्लुबर्ड, ब्रिलियन्ट र टेक्सास तथा समूह ‘बी’ मा पिनाकल, गोल्डेनगेट र प्राइम छन्। काठमाडौं मोडल कलेज, काठमाडौं युनिभर्सिटी र केएफए समूह ‘सी’ मा छन् भने ओरियन्ट, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र पब्लिक युथ कलेज समूह ‘डी’ मा छन्।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। ‘प्लेयर अफ दी टुर्नामेन्ट’ लाई २५ हजार नगदबाट पुरस्कृत गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १५ हजार नगद पुरस्कार हात पार्नेछन्। आठ दिने प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन्।

प्रकाशित: १ चैत्र २०७९ ०१:५६ बुधबार

प्याट्रियट्स कप दोस्रो अन्तरकलेज ट्वान्टी–२० क्रिकेट प्रतियोगिता प्रतियोगितामा १२ छात्र टोलीको सहभागिता