खेल

पराजुली सेमिफाइनलमा

नेपालका नवराज पराजुली मंगलबार थाइल्यान्डमा जारी १८औं विश्व मुवाँथाई च्याम्पियनसिपअन्तर्गत पुरुष ७१ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन्।

नवराज क्वार्टरफाइनलमा इन्डोनेसियाका एक्सल दैइललााई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्। उनले दैइललाई अंकको आधारमा पराजित गरे।

उनले फाइनल प्रवेशका लागि काजकिस्तानका जोल्दुवाहेव कवाचेसँग प्रतिस्पर्धा गर्नेछन्। जोल्दुवाहेव प्यालेस्टानइका अमजद जेहिटलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्।

मंगलबारै सम्पन्न पुरुष ५४ केजी तौलसमूहको क्वार्टरफाइनलमा नेपालका पूर्णजित राईले इटालीका खेलाडीलाई नतिजा सुम्पिए। महिला ४८ केजी तौल समूहमा नेपालकी यनिका राई काजकिस्तानकी खेलाडीसँग निराश भइन्।

नेपालका सञ्जय राई र गुणराज रुचालको खेल भने बुधबार हुनेछ।

प्रकाशित: १ चैत्र २०७९ ०१:४० बुधबार

थाइल्यान्डमा जारी १८औं विश्व मुवाँथाई च्याम्पियनसिप पुरुष ७१ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश