नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा टस जितेको छ।
क्रितिपुर क्रिकेट मैदानमा अहिले ९ ३० बजे देखि शुरु हुने यो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
हिजो यूएईलाई पराजित गरेर आगमी चार बर्षका लागि एक दिवसीय मान्यता कायम गरेको नेपाल आज पिएनजीलाई हराउँदै सोझै विश्वकप छनौट खेलमा जान प्रयासरत रहने छ । अव दुई खेलमा दुई खेल जिते नेपाल विश्वकपको लागि छनौट हुनेछ ।यता पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंकका साथ पुछारमा छ । पिएनजीले पुछारमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ ।
आज तीव्र गतिका बलिङ अलराउन्डर गुलशन झालाई बेन्चमा राखेको छ । गुलशन झा बेन्चमा बस्दा करण टोलीमा फर्किएका छन् । नेपालले युएईसँगको खेलमा आफ्ना प्रमुख बलर करण केसीलाई विश्राम दिएको थियो । गुलशनले खेल्ने मौका पाउँदा ३२ बलमा १ चौका र ३ छक्कासहित ३७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।
नेपालले प्रतिश जि।सी, ज्ञानेन्द्र मल्ल र गुलशन झालाई बेन्चमा राखेको छ ।
पिएनजीको प्लेइङ ११
असद भाला कप्तान, किप्लिङ डोरिगा, चाल्स अमिनी, सेसे बाउ, हिरा भाले, हिरि हिरि, राइली हेकुरे, नर्मन भानुवा, सेमो कमिया, कबुवा मोरेआ र चाद सोफर ।
नेपालको प्लेइङ ११
आसिफ शेख विकेटकिपर, कुशल भुर्तेल, करण केसी, रोहित पौडेल कप्तान, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने।
प्रकाशित: २९ फाल्गुन २०७९ ०३:३७ सोमबार