खेल

बक्सिङ टोली रुसतिर

काठमाडौं- रुसको सेन्ट पिट्सबर्गमा सोमबारबाट सुरु हुने आइबा विश्व युवा बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार त्यसतर्फ लागेका छन्।

दुई सातासम्म चल्ने प्रतियोगितामा नेपालका तर्फबाट ५२ केजी तौल समुहमा सन्तोष राई र ६० केजीमा पवन भट्टराईले सहभागिता जनाउने छन्। दुई खेलाडीको प्रशिक्षकका रुपमा बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र किरण थापा पनि रुसतर्फ लागेका छन्।

विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्न रुस जान लागेका खेलाडी तथा प्रशिक्षकहरुलाई शुक्रबार युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीले विदाई गरे। विदाईमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुन केसी तथा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालको पनि उपस्थिती थियो।

यसैबीच नेपाल बक्सिङ संघका निवर्तमान अध्यक्ष एवं एसियाली बक्सिङ संघका कार्यकारी सदस्य राजीव श्रेष्ठले पनि छुट्टै कार्यक्रममा नेपाली टोलीको विदाई गरेका थिए।

प्रकाशित: २९ कार्तिक २०७३ ०३:१४ सोमबार

बक्सिङ टोली रुसतिर