खेल

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध

रियो दि जेनेरियो- विश्वकप छनोट चरणअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा विश्वफुटबलको महारथी ब्राजिल र अर्जेन्टिनाबीच सम्पन्न खेलमा ब्राजिलले बाजी मारेको छ। दक्षिण अमेरिकी राष्ट्रअन्तर्गतको छनोट चरण खेलमा ब्राजिलले अर्जेन्टिनालाई ३-० गोल अन्तरले स्तब्ध पारेको हो।

ब्राजिजको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको २५औं मिनेटमा काउटिन्होले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा नेइमारले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए।

खेलको दोस्रो हाफमा पनि ब्राजिजले खेलमा आफ्नो दबाब कायम राखेको थियो। खेलको ५८औं मिनेटमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई ३-० को अग्ता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल ब्राजिजले ३-० ले जिल्न सफल भयो।

यस जितसँगै ब्राजिल ११ खेलबाट २४ अंकसहित दक्षिण अमेरिकी राष्ट्रको विश्वकप छनोटमा शीर्ष स्थनमा रहँदा समान खेल खेलेको अर्जेन्टिना भने १६ अंकसहित समूहको छैठौं स्थानमा छ।

प्रकाशित: २६ कार्तिक २०७३ ०५:१६ शुक्रबार

ब्राजिलसँग अर्जेन्टिना स्तब्ध