खेल

जुम्लाको लोठचौरमा हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टर बन्ने

जुम्लाको पातारासी गाउँपालिकाको लोठचौरमा हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टर बन्ने  भएको छ । पातारासी गाउँपालिका ३ लोठचौरमा निर्माण हुने हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टरको बन्ने भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन्।

उनका अनुसार यो आर्थिक बर्षमा संघीय सरकारबाट ५० लाख बजेट विनियोजित भएको छ ।उपभोक्ता समितिमार्फत् काम संचालन हुने भएको छ ।  

सरकारबाट बजेट क्रमागत रुपमा आउने हो । उपाध्यक्ष रोकायाले भनिन् सोही ठाउँमा निर्माण भएको हाईअल्टिच्युट बिचमा तातोपानी गाउँपालिकाको टोप्लामा सारिएको थियो । पुन अहिले लोठचौरमा नै निर्माण हुने गरि काम अगाडि बढेको छ । पुर्व पशुपन्छी विकास मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौतम कुवँर को विशेष पहलमा पातारासीको लोठचौरमा हाईअल्टिच्युट सेन्टर बन्ने लागेको उपाध्यक्ष रोकाया बताउँछिन्।

करिब २ करोड ५० लाखबराबरको काम अघिल्लो बर्षहरुमा भएको छ । खेलकुदका दीर्घकालिन योजनाहरु अघि सारेर संघीय र प्रदेश सरकारसंग सहकार्य समन्वयबाट योजनाहरु अघि सार्दै निर्माणको कामलाई पनि अगाडि बढाएको उनको भनाइ छ । सडकको सहज पहुँच पनि छ । सडकको स्तरोन्नति समेत हुदैछ ।पालिकामा निर्माणधिन हाईअल्टिच्युट ट्रेनिङ सेन्टर कर्णालीकै नमुना भएको अध्यक्ष पुर्णसिंह बोहोराले बताए।अभ्यासका लागि आबश्यक पूर्वाधार नहुँदा चिन्तित भएका खेलाडीहरूका लागि अल्टिच्युट ट्रेनिङ सेन्टर संचालनमा आएपछि निकै राहत पुग्नेछ।

२ हजार ८ सय मिटर उचाइमा रहेको पातारासीको लोठचौरमा ट्रेनिङ सेन्टर बन्ने भएको हो । पातारासी गाउँपालिकामा पर्यटकिय सम्भावनाहरू थुप्रै छन् । विश्वकै अग्लो स्थानमा कालीमार्सी धान फल्ने छुमचौरमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण गरेर पर्यटन प्रबर्द्धन गर्ने लक्ष्य रहेको पातारासी गाउँपालिकाले जनाएको छ ।पातारासी गाउपालिका ३ मा निर्माण हुने लागेको हाईअल्टिच्युट ट्रेनिङ्ग सेन्टरको शिलान्यासमा पालिकाका जनप्रतिनिधि , खेलकुद बिकास समिति जुम्लाका  प्रमुख, उपभोक्ता समितिका अध्यक्ष लगायत स्थानीयवासिको सहभागी रहेको थियो ।

प्रकाशित: २३ फाल्गुन २०७९ ०५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App