खेल

यूएई विरुद्ध नेपाललाई दोस्रो विकेट लिन २४ ओभर कुर्नु पर्यो

 आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय खेलमा नेपालले यूएई विरुद्ध दोश्रो विकेट लिएको छ ।  

पहिलो विकेट पहिलो ओभरको दोश्रो बलमै लिएको नेपालले दोश्रो विकेट २३ ओभर ४ वलमा प्राप्त गर्यो । दोश्रो विकेट दिपेन्द्रसिंह एैरीले दिलाए ।  

पहिलो विकेट सोमपाल कामीले लिएका हुन । ताजास्थीतीमा यूएई २८ ओभरमा २ विकेट गुमाएर ११० रन बनाएर खेलिरहेको छ ।  घरेलु टोली युएईविरुद्ध बलिङमा नेपालको मध्यम प्रस्तुती रहेको देखिएको छ ।  

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियोा । नेपालका पाँचौं नम्बरका ब्याटर भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए । भीमको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन हो ।

प्रकाशित: २२ फाल्गुन २०७९ ११:४८ सोमबार