खेल

एथ्लेटिको मड्रिड रियल सोसिडाडसँग स्तब्ध

मड्रिड–स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती सम्पन्न खेलमा एथ्लेटिको मड्रिड रियल सोसिडाडसँग स्तब्ध भएको छ।
गए राती सम्पन्न खेलमा एथ्लेटिको मड्रिड रियल सोसिडाडसँग २–० गोल अन्तरले पराजित भएको हो।

रियल सोसिडाडको जितमा दुबै गोल पेनाल्टीमा सम्भव भएको थियो। खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो। खेलको ५४ औ मिनेटमा रियल सोसिडाडका कार्लोस भेलाले पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यस्तै खेलको ७५ औ मिनेटमा डा सिल्भाले फेरी पेनाल्टीमा गोल गर्दा रियल सोसिडाडले २–० को अग्रता लिएको थियो। त्यसपछि खेलमा कुनै गोल भएन र रियल सोसिडाडले खेल २–० ले जित्यो।

स्पेनिस ला लिगा अन्तर्गत गएराती सम्पन्न अर्को खेलमा लस पाल्मसले इबरलाई १–० गोल अन्तरले पराजित गर्दा आल्भेसले ओसासुनामाथी समान १–० को जित निकाल्न सफल भयो।

यस हारसँगै एथ्लेटिको मड्रिडले ला लिगाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ। एथ्लेटिको मड्रिड ११ खेलबाट २१ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहँदा एक खेल कम खेलेको रियल मड्रिड २४ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ।

प्रकाशित: २१ कार्तिक २०७३ ०७:४४ आइतबार

एथ्लेटिको मड्रिड रियल सोसिडाडसँग स्तब्ध