खेल

लोयल्टी च्याम्पियन

 आयोजक लोयल्टी एकेडेमी शुक्रबार ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ।

मण्डिखाटारस्थित घरेलु मैदानमा सम्पन्न फाइनलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले पराजित गर्दै उपाधिमा ह्याट्रिक गर्नबाट रोक्यो। लिटिल एन्जल्स नवौं संस्करणको पनि विजेता हो। लोयल्टीका लागि दुवै गोल वसन्त राउतले गरे। लिटिल एन्जल्सका स्मिथ राउत उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगिताभर ८ गोल गरेका लोयल्टीका साहिल राई सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे। विद्या संस्कारका प्रहार केसी उत्कृष्ट गोलरक्षक तथा लोयल्टीका शैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक चुनिए। त्रिज्योतिले अनुशासित टोलीको उपाधि हात पा¥यो। विजेतालाई संघीय सांसद् प्रदीप पौडेल, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए। 

प्रकाशित: २० फाल्गुन २०७९ ०१:४७ शनिबार