खेल

नेपालले गुमायो तेस्राे विकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले तेस्राे विकेट गुमाएको छ।  

बिहिबार दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले तेस्राे विकेट गुमाएका हो।  

नेपालका रोहित पौडेल २.५ ओभरमा बिना रन आउट भए भने ज्ञानेन्द्र मल्ल २.३ ओभरमा बिना रन आउट भएका छन्।  

नेपालका लागि ओपनर कुशल भुर्तेल ६ बलम ५ रन बनाएर आउट भएका छन्।  

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको छ।  

युएईका लागि आशिफ खानले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ खेले। रोहम मुस्ताफले ३७ तथा कप्तान चुन्दंगापोयल रिजवानले २२ रन जोडे।  

त्यस्तै वृत्य अरविन्दले १८ रन जोड्दा अलिसान सारुफले २ रन जोडे।  

नेपालका लागि सन्दीपले तीन् विकेट तथा  करण केसीले, आरिफ सेख र कुशल मल्लले एक एक विकेट लिए।  

लिग टुकोे अंक तालिकामा नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ। नेपाल अंक तालिकाको छैटौं स्थानमा छ।  

युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ।

प्रकाशित: १८ फाल्गुन २०७९ १०:१७ बिहीबार

आईसीसी विश्वकप क्रिकेट लिग–२