यूएईमा जारी आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल भोलि घरेलुटोलीसंग प्रतिस्पर्धा गर्दैछ।भोलि यूएईको ईडेन गार्डेनमा नेपाली समय अनुसार विहान ११बजेर ४५ मिनेटमा नेपाल र यूएईबीच खेल हुनेछ।
भोलिको विजेता नै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ। ६ राष्टसहगागी यो छनौट खेलमा शिर्ष स्थानको एक टोली यू१९ विश्वकप खेल्न पाउने भएकाले दुवैलाई यो खेल जित्नै पर्नेछ। यस अघिका ४ खेल जितेर दुवैले आठ आठ अंक पाएका छन। तर रन रेटमा नेपाल यूएई भन्दा तल रहेको छ। यदि बरावरी तथा रोकिएर खेल नभएमा नेपाललाई घाटा लाग्ने छ।
पछिल्लो पटक सन २०१६ मा नेपालले बंगलादेशमा भएको यू१९ विश्वकप खेलेको थियो। त्यसपछि नेपालले तीन विश्वकप गुमाएको छ। २०१७ को छनोटमा अफगानिस्तान र २०१९ मा युएईसँग पराजित हुँदै दुई विश्वकप गुमाएको थियो। नेपालले जारी छनौट खेलमा बलिङ र व्याटिङ दुवैमा राम्रो प्रदर्शन गरेकोले पनि भोलि नेपालले यूएईलाई हराउनेमा विश्वस्त छन नेपाली खेलप्रेमीहरु।
छनौट चरणको खेलमा नेपालले सिंगापुरलाई ९६ रनबाट, कुवेतलाई २४३ रनबाट, हङकङ ९ विकेटबाट तथा मलेसियालाई १० विकेटबाट हराएर प्रवल दावेदारको रुपमा रहेको छ। त्यसैगरी यूएईले पनि छनौट चरणमा मलेसियालाई ७ विकेटबाट, हङकङ १६३ रनबाट , सिंगापुरलाई ८ विकेटबाट तथा कुवेतलाई १० विकेटबाट हराएको थियो।
प्रकाशित: १७ फाल्गुन २०७९ १०:३१ बुधबार