खेल

नेपाललाई पाँचाै सफलता, दिपेशले लिए तीन विकेट

आइसीसी यू १९ विश्वकप छनोट

युएईमा जारी रहेको आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोटमा मलेसियाविरुद्ध नेपाललाई पाँचाै‌ सफलता मिलेको छ। पाँचाै तेइसाै‌ अाेभरमा दिपक कँडेलले लिए। याेसँगै कँडेलकाे व्यक्तिगत विकेट तीन पुगेकाे छ। पाँचाै विकेटमा कँडेलले सिद्धार्थ नेलाकन्तनलाइ आउट गरे।

चौथो विकेट एक्काइसौं ओभरमा दिपक कँडेलले नै क्याच आउट गराएका थिए। कँडेलले मोहम्मद  आलिफलाई आउट गराएका हुन्।  

यो समाचार तयार पार्दासम्म मलेसिया ५ विकेटको क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ। पहिलो विकेट भने आकाश चन्दले, दोस्रो विकेट, मिलन बोहोराले तेस्रो विकेट पनि कँडेलले  मोहम्मद अक्रमलाइ क्याच आउट गराएका थिए।

प्रकाशित: १६ फाल्गुन २०७९ ०६:३१ मंगलबार