खेल

आर्मी उपाधि नजिक

चितवन- विभागीय टोली त्रिभुवन आर्मी क्लब नारायणगढमा जारी विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको फाइनल पुगेको छ। क्याम्पाचौरमा बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा विराटनगरको मोरङ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो। दुवै गोल आर्मीले मध्यान्तरपछि गरेको थियो।

पहिलो हाफ गोलरहित बनेको थियो। खेलको ६६ औं मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै सुस्त गतिमा चलिरहेको खेलमा रौनकता ल्याएका थिए। डी बक्सभन्दाबाहिर पाएको फ्रिकिकमा सन्तोषले दर्शनीय गोल गरेका थिए।

एक मिनेटपछि नै राजु तामाङले गोल गर्दा दर्शकदीर्घामा उत्साहको माहोल थपिएको थियो।टंक बस्नेतको पासमा पोस्ट नजिकैबाट राजुले गोल गरेका थिए। राजुले मध्यान्तरपछि पदम तामाङलाई स्थानान्तरण गरेका थिए। 

खेलमासन्तोष म्यान अफ दी म्याच हुँदै१० हजार रुपैयाँ पुरस्कार पाउन सफल भए।

 आर्मीका कप्तान तथा गोलरक्षक विकास मल्लसुरुआतमै घाइते भएर मैदानबाट बाहिरिएपछि सुशील श्रीवास्तवले पोस्ट सम्हालेका थिए।पहिलो रोजाइका गोलरक्षक गुमाउँदा आर्मी केही दबाबमा थियो।जसका कारण मध्यान्तरअघि आर्मी खुलेर खेल्न सकेन। वैकल्पिक गोलरक्षक सुशीलले पनि आफूलाई अब्बल साबित गरे। उनले मोरङका स्ट्राइकर मार्टिन अजइका दुईवटा गतिला प्रहार बचाएका थिए।

शुक्रबार दोस्रो सेमिफाइनलमामनाङ मर्स्याङ्दीले संकटा क्लबसँग खेल्नेछ। फाइनलकात्तिक १४ मा हुनेछ।

प्रकाशित: १२ कार्तिक २०७३ ०३:३५ शुक्रबार

आर्मी उपाधि नजिक