खेल

दीपशिखा र स्वप्नबाघ फाइनलमा

काठमाडौं- दीपशिखा युथ क्लब र स्वप्नबाघ वेस्टर्न युनाइटेड राजधानीमा जारी नैकाप गोल्डकप फुटबलको फाइनल पुगेका छन्।

स्वप्नबाघ वेर्स्टनले बुधबार वेस्ट काठमाडौं नैकापलाई २–१ ले हरायो। पहिलो हाफ गोलरहित बनेको खेलमा राजन श्रेष्ठ र किरण मल्लले गोल गर्दै वेस्टर्नलाई २–० ले अग्रता दिलाए। पछि काठमाडौंका सुन्दर थापाले पछि एक गोल फर्काए। वेस्ट काठमाडौंका विशाल राई म्यान अफ दी म्याच भए।

अर्को खेलमा दीपशिखाले पेनाल्टी सुटआउटमा ढुंगेअड्डा युनेस्को तीनथानालाई ६–५ ले हरायो। निर्धारित समयको खेल गोलरहित बनेको थियो। फाइनल खेल शुक्रबार हुनेछ।

प्रकाशित: ११ कार्तिक २०७३ ०२:५७ बिहीबार

दीपशिखा स्वप्नबाघ फाइनलमा