खेल

नेपाललाई सातौँ सफलता, गुलसनले लिए तीन विकेट, कुशलले लिए दुई विकेट

आइसिसी विश्वकप लिग २ को त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत पपुपा न्युगिनीविरुद्ध नेपालले ७ विकेट लिएको छ।  

सोमबार दुबइ अन्तर्राष्ट्रिय रंगशालामा टस जितर पहिला फिल्डिङ रोजेको नेपालका लागि कुशल मल्लले ४३.६ ओभरमा सातौँ विकेट दिलाएका हुन्।  

यस्तै नेपालका लागि गुलसन झाले तीन, सोमपाल कामी एक,  प्रतिश जी.सीले एक र कुशल मल्लले एक विकेट लिएका हुन्।

ओपनर टानी उरालाई ४.१ ओभरमा आउट गराउँदै सोमपालले नेपाललाई पहिलो सफलता दिलाएका थिए। त्यसपछि किपलिन डोरिगालाई १७.५ ओभरमा आउट गराउँदै गुल्सन झाले दोस्रो सफलता दिलाएका थिए। पपुपाको अर्को ब्याटसम्यान सेसे बाउलाई २३.२ ओभरमा आउट गराउँदै गुल्सन झाले तेस्रो सफलता दिलाएका थिए।  

६ रन बनाएर खेलिरहेका चार्ल्स अमिनीलाई २७.५ आभरमा आउट गराउँदै गुल्सन झाले चौथो सफलता दिलाएका थिए भने यो उनको तेस्रो विकेट थियो।  

१० रन बनाएर खेलिरहेका हिरि हिरिलाई ३३.३ ओभरमा आउट गराउँदै प्रतिश जी.सीले पाँचौ सफलता दिलाएका थिए।  

असद वालालाई ३६.६ ओभरमा आउट गराउँदै कुशल मल्ले छैटौँ सफलता दिलाएका थिए।  

१ रन बनाएर खेलीरहेका रिले हेकुरेलाई ४३.६ ओभरमा आउँट गराउँदै कुशल मल्ले सातौँ सफलता दिलाएका हुन्।  

प्रकाशित: १५ फाल्गुन २०७९ ०९:१७ सोमबार

आइसिसी विश्वकप लिग २