खेल

दक्षिण अफ्रिकाको लक्ष्य इतिहास रच्ने

आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा आज साविक विजेता अष्ट्रेलिया र आयोजक दक्षिण अफ्रिका भिड्दैछन्।

दक्षिण अफ्रिकाकाे केपटाउनमा हुने अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको फाइनल खेल नेपाली समयअनुसार आइतबार साँझ ६:४५ बाट सुरु हुनेछ।  

पहिलो पटक फाइनलमा पुगेको आयोजक टोली विश्वकप जित्दै इतिहास रच्ने दाउमा छ। दक्षिण अफ्रिका सेमिफाइनलमा उपाधि दाबेदार इंग्ल्याण्डलाई पराजित गर्दै फाइनल पुगेको हो। यस्तै अष्ट्रेलिया सेमिफाइनलमा भारतलाई पराजित गरी फाइनलमा स्थान बनाएको हो।

प्रकाशित: १४ फाल्गुन २०७९ ०५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App