खेल

सोमबारदेखि लोयल्टी कप

लोयल्टी एकेडेमीको आयोजनामा ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।

प्रतियोगितामा आयोजकका दुईसहित १२ टोलीको सहभागिता रहने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र लिम्बूले जनाएका छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। विगतका १० संस्करण भने नकआउट पद्धतिमा भएको थियो।

समूह ‘ए’ मा लोयल्टी ‘बी’, त्रिज्योति र ज्ञानोदय तथा समूह ‘बी’ मा लोयल्टी ‘ए’, नेक्सस र विद्यासंस्कार छन्। रिलायन्स, काठमाडौं भ्याली र लिटिल एन्जल्स समूह ‘सी’ तथा चाँदबाग, काष्ठमण्डप र टाइमलाइन समूह ‘डी’ मा छन्। प्रतियोगितामा १२ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउनेछन्। पाँच दिने प्रतियोगिताका खेल मण्डिखटारस्थित आयोजककै मैदानमा हुनेछन्।

प्रकाशित: १४ फाल्गुन २०७९ ००:५८ आइतबार

लोयल्टी एकेडेमीको आयोजना