खेल

बार्सिलोनाद्वारा भ्यालेन्सिया पराजित

मड्रिड– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गरेको छ।  शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो। खेलको २२ औं मिनेटमा लियोनाल मेसीले गोल गर्दा बार्सिलोनाले  पहिलो हाफमा १ –० को अग्रता लिएको थियो । तर खेलको ५२ औं मिनेटमा भ्यालेन्सियाका अल हबाडिले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसको ४ मिनेटपछि भ्यालेन्सियाका रोड्रिगोले गोल गर्दै आफ्नो टोलीलाई २–१ को अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा बार्सिलोनाका लुइस स्वारेजले  गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । बराबरीतर्फ अग्रसर खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा मेसीले पेनाल्टिमा थप एक गोल गर्दै बार्सिलोनालाई ३–२ को कठिन जित दिलाएका थिए ।

स्पेनिस ला लिगा अन्गर्तत गएराति सम्मन्न अन्य खेलमा रियल सोसिडाडले आल्भेसलाई ३–० ले पराजित गर्दा इस्प्यानियोल र इभरले ३–३ तथा ग्रानाडा र स्पोर्टिङले गोलरहित बराबरी खेलेका छन्।

यस जितसँगै बार्सिलोना  १९ अंकसहित कम्तीमा आगामी २४ घण्टाकालागि लिगको शिर्ष स्थानमा उक्लिएको छ । एक कम खेलेका एथ्लेटिको मड्रिड र रियल मड्रिड समान १८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

 

प्रकाशित: ७ कार्तिक २०७३ ०५:०५ आइतबार

बार्सिलोनाद्वारा भ्यालेन्सिया पराजित