खेल

दोस्रो भक्तपुर कप फुटबलको उपाधि हिलिङ होम एफसीको पोल्टामा

भक्तपुरमा भएको दोस्रो भक्तपुर कप–२०७९ फुटबलको फाइनल खेल हिलिङ होम एफसीले जितेको छ। हिलिङ होम एफसी र केदारनाथ सुटर्सबीच शनिबार भएको फाइनल खेलमा ५—४ गोलले हिलिङ होम एफसी विजयी भएको हाे। 

प्रतियोगिता निर्धारित समयसम्म दुवै टिमले दुई दुई गोल गरी बराबरीमा टुंगिएको थियो। पेनाल्टी सुट आउटमा हिलिङ होम एफसीले विजयी सुनिश्चित गरेको हाे। पेनाल्टी सुट आउटमा हिलिङ होम एफसीले  तीन गोल गर्न सफल भएपछि विजयी आफ्नो पोल्टामा पार्न सफल भएको हाे।  

भक्तपुर युवा टिमको आयोजनामा भएको फाइनल खेल निकै रोमाञ्चक रुपमा चलेको थियो। प्रतियोगिताको सुरुवाती गोल विजेता हिलिङ होम एफसीका जर्सी नं ३ का देवराज तामाङले गरेका थिए। खेल सुरु भएको सातौँ मिनेटमै गोल देवराजले गोल गरेका थिए। तर जवाफी गोल पराजित केदारनाथ सुटर्सले खेल सुरु भएको ३४ औं मिनेटमा फर्काएका थिए। जर्सी नं १५ का सुदर्शन श्रेष्ठले गोल फकाई खेललाई बराबरीमा ल्याउन सफल भएको थियो। खेलको ४३ औ। मिनेटमा विजेता हिलिङ होम एफसीका जर्सी नं ३ कै उही देवराज तामाङले दोश्रो गोल गरी टिमलाई अगाडि बढाउन सफल भएका थिए। तर जवाफी गोल खेलको ६६ औ मिनेटमा पराजित केदारनाथ सुटर्सका जर्सी नं ४ का सतिश सुवालले गरेपछि खेल बराबरीमा टुंगिएको थियो। 

प्रतियोगितामा विजयी हुन सफल हिलिङ होम एफसीले नगद पुरस्कार एक लाख २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाए। दोश्रो भएका केदारनाथ सुटर्सले नगद ६० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। उनीहरु सबैलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंलगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए। 

प्रतियोगिताको अनुशासित टिममा पाण्डुबजार एफसी घोषित भए। उत्कृष्ट खेलाडी भने केदारनाथका सतिश सुवाल घोषित भए। प्रतियोगिताबाट अनुशासित टिम र उत्कृष्ट खेलाडीलाई नगद दश दस हजार र ट्रफी प्रदान गरिएको थियो। प्रतियोगिताका उत्कृष्ट मिडफिल्डर हिलिङ होम एफसीका रोहित गिरी, डिफेण्डर हिलिङ होम एफसीकै बांगल लामा, गोलकिपर हिलिङ होम एफसीकै नवीन सिलवाल, कोच हिलिङ होम एफसीकै अभिषेक चौहान र उदयीमान खेलाडी केदारनाथ सुटर्सका सुदर्शन श्रेष्ठलाई नगद पाँचपाँंच हजार र ट्रफी प्रदान गरिएको थियो। 

प्रतियोगिता २०७९ फागुन ५ गते शुक्रबारदेखि सुरू भएको थियो। मित्रता अनुशासन र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढी विश्वराम कवांको अध्यक्षतामा युवा टिम २०५० सालमा स्थापना भएको थियो। टीमले पहिलो पटक २०७८ फागुन ६ देखि १४ सम्म प्रथम भक्तपुर कप २०७८ गरेको थियो। 

प्रकाशित: १३ फाल्गुन २०७९ १२:१६ शनिबार

भक्तपुर कप–२०७९ फुटबल