खेल

देव र अर्जुनको शतकमा कुवेतलाई ३४४ रनको लक्ष्य

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालकाे लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य दिएको छ।

शनिबार युएइमा भएको खेलमा नेपालले कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य दिएको हो। टस जितेर  पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको हो।  

नेपालका लागि ओपनर अर्जुन कुमाल र देव खनालले शतक प्रहार गरे। ओपनर कुमालले १ सय १२ बलमा १२ चौकाको सहयोगमा १०८ रन बनाएर आउट भएका हुन्।  

देव खनालले १०५ बलमा सतक प्रहार गरे। उनले १ सय ५ बलमा  ८ चौका र १ छक्काको सहयोगमा सतक प्रहार गरेका हुन्। यस्तै १ सय १७ बलमा १ सय २५ रन बनाएर आउट भएका हुन्।  

सुबास भण्डारीले ४ बलमा २ रन बनाएर आउट भए । 

यस्तै विशाल विक्रम केसीले १४ बलमा २३  रन बनाएर आउट भए।  दिपक बोहोराले २७ बलमा १३ रन बनाएर आउट भएका थिए। यस्तै अर्को दिपक बोहोराले ९ बलमा १९ रन बनाएर आउट हुन पुगे। आकाश त्रिपार्ठीले  १ बलमा २ रन बनाएर आउट हुन पुगे।  

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

नेपालले तेस्रो खेल हङकङविरुद्ध २७ तारिखमा खेल्नेछ। चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग अन्तिम खेल खेल्नेछ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू(१९ विश्वकपका लागि छनोट हुनेछ।

प्रकाशित: १३ फाल्गुन २०७९ ०८:४० शनिबार

आईसीसी यू–१९ पुरुष विश्वकप