खेल

नङसल र रत्नजितले जिते अन्तर्राष्ट्रिय स्वर्ण

काठमाडौं- तामाङ दिदीभाइ नङसल र रत्नजितले पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा स्वर्ण पदक जितेका छन्।

शुक्रबार इस्लामवादस्थित पाकिस्तानी स्पोर्टस कम्प्लेक्सको कोर्टमा दिदीभाइले पाकिस्तानी मोहम्मद इरफान सइद भाटी र मेहमोना अमिरलाई सोझो सेटमा हराउँदै पदक जितेका हुन्।

२३ मिनेट चलेको प्रतिस्पर्धामा उनीहरूले २१–१३, २१–१५ ले फाइनल जितेका थिए।

नेपाली ब्याडमिन्टनले जितेको यो ठूलो अन्तर्राष्ट्रिय पदक हो। यसअघि नेपाली खेलाडीले साग खेलकुदमा मात्र पदक जितेका छन्।

प्रकाशित: ६ कार्तिक २०७३ ०२:३७ शनिबार

नङसल रत्नजितले जिते अन्तर्राष्ट्रिय स्वर्ण