खेल

हव लिग क्रिकेटमा विनायक र राइजिङ विजयी

विराटनगरमा जारी अन्तर विद्यालय ‘हव लिग क्रिकेट’ प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा  विनायक स्कूल र राइजिङ नेपाल स्कूल विजयी भएका छन्।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिताको  पहिलो खेलमा विनायकले वाल्मिकी स्कूललाई ११ रनले पराजित गर्‍यो।

टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २२ ओभरमा ४ विकेट गुमाई १ सय ३३ रन बनायो। जसमा म्यान अफ द म्याच नितेशकुमार पासवानले ५६ रन बनाउँदा कृष साहले २२ रन बनाए।

वाल्मिकीका प्रकाश शर्माले २ विकेट लिए। १ सय ३४ रनको लक्ष्य पाएको वाल्मिकीले १४ दशमलव ५ बलमा सवै विकेट गुमाउँदै १ सय २२ रन बनायो। जसमा साहिल खानले ३० रनको योगदान दिए। विनायकका प्रवेश पासवान र शिवम पासवानले ३–३ विकेट लिए।

शुक्रबारै भएको दोस्रो खेलमा राइजिङ नेपालले मनकामना स्कूललाई ५ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेका मनकामनाले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई १ सय २३ रनको बनायो। जसमा अमन अन्सारीले ३६ रन बनाउँदा लक्षमण तत्माले २६ रन जोडे। राइजिङका राहुल राय, महमद समर र महमद साहिलले २–२ विकेट लिए। १ सय २३ रनको लक्ष्य पछ्याएको राइजिङले १६ दशमलव ४ बलमा ५ विकेट गुमाई लक्ष्य पार गरेको थियो। जसमा म्यान अफ द म्याच महमद साहिलले नटआउट ४७ रन बनाए।

मनकामनाका पियूस गुप्ता र लक्ष्मण तत्माले समान २–२ विकेट लिए। लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरका  ८ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागि छन्।  

प्रकाशित: १२ फाल्गुन २०७९ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App