खेल

नेपालले गुमायो चार विकेट, आकाश त्रिपाठी ७८ रनमा आउट

फाइल तस्बिर।

आइसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल चलिरहेको छ।

युएईको इर्डेन गार्डेन्स मैदानमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपाल ३८ ओभरमा चार विकेट गुमाएर १७७ रन बनाएर खेलिरहेको छ। नेपालका दिपक बोहोरा ५, अर्जुन कुमाल ३७ र आकाश त्रिपाठीले ७८ रन बनाएर आउट भएका छन्। कप्तान देव खनाल २१ रनमा आउट भए।

प्रकाशित: १२ फाल्गुन २०७९ ०७:३८ शुक्रबार