खेल

चेल्सी र आर्सनल विजयी, म्यानचेस्टर सिटी बराबरीमा रोकियो

लण्डन- इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सी र आर्सनलले जित हात पार्दा म्यानचेस्टर सिटी भने बराबरीमा रोकिएको छ। शनिबार चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीमाथि ३-० को सहज जित हात पारेको छ।

उसको जितमा खेलको ७औं मिनेटमा डिएगो कोस्टा, ३३औं मिनेटमा इडेन हेजार्ड र खेलको ८५औं मिनेटमा मोइजले समान एक एक गोल गर्दै सहज जित दिलाएका थिए। त्यस्तै अर्को खेलमा आर्सनलले स्वान्सी सिटीलाई ३-२ गोलअन्तरले पराजित गरेको हो। उसको जितमा थियो बालकोटले २ तथा मेस्युट ओजीलले १ गोल गरेका थिए।

यता म्यानचेस्टर सिटी भने एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको छ। खेलको ६६औं मिनेटमा एभर्टनका लुकाकुले गोल गर्दै आफ्नो सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ७२औं मिनेटमा म्यानचेस्टर सिटीका नोलिटोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए। खेलमा म्यानचेस्टर सिटीका सर्जियो एग्वेरो र केभिन डे ब्रुयनले पाएको पेनाल्टीको अबसरलाई सदुपयोग गर्न नसक्दा सिटी अंक बाढ्न बाध्य भएको हो।

जारी लिगमा ८ खेल सक्दा म्यानचेस्टर सिटी १९ अंकका साथ लिगको शीर्ष स्थानमा रहँदा समान खेलबाट समान १९ अंक बनाएको आर्सनल गोल अन्तरको आधारमा लिगको दोस्रो स्थानमा छ। त्यस्तै १८ अंक जोडेको टोटनह्याम तेस्रो तथा एक खेल कम खेलेको लिभरपुल १६ अंकसहित लिगको चोथो सथनमा छ। यता चेल्सी १६ अंकका साथ लिगको पाँचौं स्थानमा छ।

प्रकाशित: ३० आश्विन २०७३ ०८:०५ आइतबार

चेल्सी आर्सनल म्यानचेस्टर सिटी बराबरीमा रोकियो