खेल

ठाकुरबाबालाई खो-खोको उपाधि

भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो-खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले जितेको छ।

स्थानीय सहिद स्मृति खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगितामा ठाकुरबाबाले उपाधिसहित एक लाख ५० हजार रुपैयाँ पुरस्कार हात पारेको छ।

उक्त प्रतियोगितामा कीर्तिपुर नगरपालिका दोस्रो हुँदै एक लाख रुपैयाँ तथा कैलालीको धनगढी उपमहानगरपालिकाले ५० हजार रुपैयाँसहित तेस्रो स्थान हासिल गर्‍यो। सङ्घीय सांसद् एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रतियोगितामा विजयी टोलीका खेलाडीलाई पुरस्कार र ट्रफी प्रदान गरे।

विभिन्न जिल्लाका १३ नगरपालिका सहभागी नगरपालिकालाई नगरप्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले पाँच हजार रुपैयाँ पुरस्कारसहित मायाको चिनो प्रदान गरे।

सांसद् सुवालले संविधानमा खेलकुदलाई मौलिक हकका रुपमा समावेश गर्नुपर्ने बताए। सो अवसरमा नगरप्रमुख प्रजापतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो-खो खेलाडी उत्पादन गर्न सहयोग पुग्ने गरी प्रतियोगिता आयोजना गरिएको बताए।

वाग्मती प्रदेशसभा सदस्य सिर्जना सैंजु, नगरपालिकाका उपप्रमुख रजनी जोशी, कीर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्य लगायतले खो-खो खेलको महत्त्वबारे चर्चा गरेका थिए। रासस

प्रकाशित: १० फाल्गुन २०७९ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App