खेल

दक्षिण अफ्रिकाकाे कीर्तिमानी जित

डर्बान–  डेविड मिल्नरको शतकप्रेरित दक्षिण अफ्रिकाले बुधबार एकदिवसीय क्रिकेटकै दोस्रो उच्च विजय लक्ष्य पुरा गर्नेक्रममा अस्ट्रेलियामाथि ४ विकेटको विजय पाएको छ ।

अस्ट्रेलियाले ६ विकेट गुमाएर ३ सय ७१ रन जोडेको थियो । दक्षिण अफ्रिकाले ४ बलअघि ६ विकेट गुमाएर आवश्यक विजय रन पूरा गरेको थियो । किंग्समेड रंगशालामा घरेलु टोलीको कीर्तिमानी जित हो ।

दक्षिण अफ्रिकाको जितमा मिल्नरले ७९ बलमा ६ छक्का र १० चौकासहित अविजित १ सय १८ रनको योगदान गरेका थिए । खेल जितेपछि दक्षिण अफ्रिकी कप्तान फाफ डुप्लेसिसले भने, ‘खेल जित्नका लागि यो सन्की इनिङ थियो, अद्भूतपूर्ण । म सामेल भएकोमध्ये यो सबैभन्दा उत्कृष्ट जित हो ।’

डेविड वार्नर र कप्तान स्टिभ स्मिथले शतक पूरा गरेपछि अस्ट्रेलियाले ५ खेलको शृंखलामा पुनरागमन गर्ने अनुमान गरिएको थियो । तर टस जितेर पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले ३ सय ७१ रनलाईजोगाउन सकेन । पहिलो टेस्टमा पनि अस्ट्रेलियाले ६विकेटको नतिजा सुम्पेको थियो ।

‘टसमा हामीलाई एक ब्याट्सम्यानले शतक पूरा गर्नुपर्छ भनेका थिए । हाम्रा दुईजनाले नै पुरा गरे,’ अस्ट्रेलियन कप्तान स्मिथले भने, ‘स्कोर बोर्डमा ३ सय ७० रन बनेपछि लगभग जित पक्का हो तर दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन ग¥यो । मिल्नरको ब्याटिङ विशेष रह्यो ।’

अस्ट्रेलियाले खेल आफ्नो पक्षमा परिसकेको थियो । २६५–६ को स्थितिमा २० वर्षे एन्डिल फेलुकवायोले मिल्नरलाई साथ दिएपछि दक्षिण अफ्रिकाले ४ विकेटको जित दर्ता ग¥यो । फेलुकवायो क्रिस ट्रेमैनको जोडदार अपिलबाट बचेका थिए । उनी विकेटकिपरको हातबाट क्याच भएका थिए । तर अम्पायर उनलाई आउट दिएनन् । टेलिभिजन रिभ्युमा फेलुकवायो आउट भए पनि अस्ट्रेलियाको रिभ्यु सकिसकेकाले उनी बचेका थिए ।

फेलुकवायोले अविजित ४२ रन बटुले । उनले मिल्नरसँग ७४ बलमा अविजित १ सय७ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियाको कम अनुभवी बलिङ आक्रमण घरेलु ब्याट्सम्यानसामु पुनः एकपटक निरीह बन्यो ।

ओपनर क्विन्टन डी ककले  ४९ बलमा ७० रनको योगदान गरे भने हसिम अमला ४५ रनमा पवेलियन फर्किए । कप्तान डुप्लेसिसले ३३ रन बटुल्दा जेपी डुमिनीले २० रन बनाए ।

अस्ट्रेलियाका जोन ह्यास्टिङले २ विकेट लिए भने मिचेल मार्स, एडम जम्पा, ट्रेभिस डेड र ट्रेमैनले १–१ विकेट लिए ।
त्यसअघि अस्ट्रेलिया पनि उत्कृष्ट सुरुआत गरेको थियो । ओपनर वार्नरले १ सय७ बलमा २ छक्का र १३ चौका सहित १ सय १७ रन बटुले ।वार्नरले आरोन फिन्चसँग पहिलो विकेटमा १ सय १० र स्मिथसँग दोस्रो विकेटमा १ सय २४ रनको साझेदारी गरेका थिए । फिन्चले ३४ बलमा ४ छक्का र ३ चौका मद्धतमा ५३ रन बनाए। स्मिथले १ छक्का र ९ चौकासहित १ सय ८ रन बनाए । जर्ज बेलीले २८, हेडले ३५ रन बनाउँदा मार्स २ रनमा पवेलियन फर्किए । म्याथ्यु वेड १७ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका डेल स्टेयन र इमरान ताहिरले २–२ विकेट लिए भने कागिसो राबाडा र फेलुकवायोले १–१ विकेट लिए ।

प्रकाशित: २१ आश्विन २०७३ ०३:५७ शुक्रबार

दक्षिण अफ्रिकाकाे कीर्तिमानी जित