खेल

घरेलु मैदानमै हार्‍यो चेल्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले घरेलु मैदानमै हार बेहोरेको छ।

गए रातिको खेलमा चेल्सीलाई साउथह्याम्पटनले १-० गोल अन्तरले हराएको हो। साउथह्याम्पटनलाई जित दिलाउन जेम्स वार्ड प्राउसले निर्णायक गोल गरे। जेम्सले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमार्फत गरेको गोल नै निर्णायक बन्यो।

यस जितसँगै साउथह्याम्पटन २३ खेलमा १८ अंक जोडेर २० औं स्थानमा रहेको छ। चेल्सी ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ।

प्रकाशित: ७ फाल्गुन २०७९ ०२:४१ आइतबार

इंग्लिस प्रिमियर लिग फुटबल