खेल

प्रहरी दिवसको अवसरमा जिल्लास्तरीय ब्याडमिन्टन

ब्याडमिन्टनमा स्पर्धा गर्दै प्रतियोगी। तस्बिरः महेश्वर चामलिङ

उदयपुर– नेपाल प्रहरीको आयोजनामा यहाँ जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। ६१ औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय उदयपुरले ‘जिल्लास्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता ०७३’ आयोजना गरेको हो।

जिल्ला खेलकुद विकास समिति बोक्सेको कभर्डहलमा सुरु प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। खेलकुदको माध्यमबाट स्वास्थ्य, विकास र गतिशीलताका ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेर प्रहरी दिवस मनाउन लागिरएको आयोजक जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताएका छन्। उनका अनुसार प्रतियोगितामा गाईघाट, बेलटार, कटारी गरी तीनवटै निर्वाचन क्षेत्रका खेलाडीको सहभागिता रहेको छ।

प्रतियोगितामा महिला पुरुष दुवैको सहभागिता रहेको छ। आयोजक प्रहरी कार्यालयका अनुसार महिला पुरुष दुवैतर्फ सिंगल्स र डबल्समा भिडन्त हुने छ भने जम्मा ४० टिमले प्रतिस्पर्धा गर्नेछन् । सोमबार दिउँसोदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन दिन ७ टिमको खेल सकिएको छ । मंगलबार बिहान ८ः०० बजेदेखि नै खेल सुरु हुने र फाईनल २ टिमबाहेक सबै प्रतिस्पर्धा सक्ने गरी खेल तालिका सार्वजनिक गरिएको छ।

अन्तिम स्पर्धामा पुग्ने खेलाडीहरु भने अन्तिम दिन २० गते भिड्ने छन्। २० गते प्रहरी दिवसको दिन पारेर विजेता प्रतियोगीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।

प्रथम विजेतालाई नगद, सिल्ड, प्रमाणपत्र र मेडल पुरस्कारको व्यवस्था गरिएको छ।

 

प्रकाशित: १७ आश्विन २०७३ १३:०६ सोमबार

प्रहरी दिवसको अवसरमा जिल्लास्तरीय ब्याडमिन्टन