खेल

दोश्रो भक्तपुर कप फुटबल उदघाटन खेलमा आयोजक टीमको सुरुवाती विजयी

भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा शुक्रबारदेखि सुरु भएको दोश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टीम भक्तपुर विजयी भएको छ। 

आयोजक टीमले ४—२ को गोल अन्तरले विजय यात्रा थालेको होे। उदघाटन खेल आयोजक टिम र बौद्ध एफसी काठमाडौंबीच भएको थियो।

प्रतियोगिताको पहिलो गोल विजयी आयोजक भक्तपुर युवा टीमका जर्सी नं १७ का विक्रान्तनरसिंह रानाले गरेका थिए। प्रतियोगितामा उत्कृष्ट खेलाडी युवा टीमकै जर्सी नं १७ का विक्रान्तनरसिंह राना घोषित भए। उदयमान खेलाडी बौद्ध एफसीका जंर्सी नं १६ का सागर तामाग घोषित भए। प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट उदयमान खेलाडीलाई एक हजार नगद पुरस्कारको छ। प्रतियोगिताको दोश्रो दिन शनिबार तीन खेल हुने जनाइएको छ।  

प्रतियोगिता फागुन ५ गतेदेखि १३ गतेसम्म हुने जनाइएको छ। प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सुरु भएको हो। प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ। प्रतियोगितामा देशका विभिन्न जिल्लाहरुबाट १६ वटा टिमहरुको सहभागिता रहेको छ ।  

प्रकाशित: ५ फाल्गुन २०७९ १२:३० शुक्रबार

दोश्रो भक्तपुर कप खुला फुटबल