खेल

स्कटल्यान्डद्वारा नेपाललाई २७५ रनको लक्ष्य

काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजमा नेपाललाई स्कटलयान्डले २ सय ७४ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो।  

स्कटल्याण्डका लागि माईकल लिस्कले ८५ बलमा १ सय ७ रनको शतकीय ईनिङ खेले। उनले ३ चौका तथा ९ छक्का प्रहार गरे।  

उनले ७९ बलमा ३ चौका र ९ छक्काको सहयोगमा १ सय रन बनाएका थिए। एकदिवसीय अन्तराष्ट्रियमा उनको यो पहिलो शतक हो।  

लिस्कसँग ८१ रनको साझेदारी गरेका ज्याक हार्भिसले २६ रन बनाएर आउट भएका थिए। त्यसअघि ओपनर क्रिस्टोफर म्याकब्राइड २२ तथा कप्तान रिची  १९ रन जोडेर पेभेलियन फर्केका थिए।

त्यसबाहेक ब्रान्डोन म्याकमुलेन २२ तथा क्रिस ग्रिभेस १६ रन जोडेर आउट भए। मार्क वाट २० रन जोडेर रन आउट भए।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्लले ९ ओभरमा ४९ रन खर्चेर एक विकेट लिँदा एक मेडन राखेका थिए। यस्तै, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

नेपालविरुद्धको आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए।  

शृंखलामा यो दुबै टिमको दोस्रो खेल हो। नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो। यस्तै, बुधबार स्कटल्यान्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित निकालेको थियो।

त्यो जितसँगै स्कटल्यान्ड विश्वकप क्रिकेट लिग २ च्याम्पियन बनिसकेको छ। 

प्रकाशित: ५ फाल्गुन २०७९ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App