खेल

लिभरपुल र चेल्सी विजयी

लण्डन–इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिभरपुल र चेल्सी विजयी भएका छन्। गए राति स्वान्सी सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा  लिभरपुलले घरेलु टोलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो। 

खेलमा अग्रता भने स्वान्सीले लिएको थियो। उसका लिरोय फरले खेलको ८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको स्वान्सीले दोस्रो हाफमा भने आफ्ना अग्रता जोगाउन सकेन । लिभरपुलका फिर्मिनोले खेलको ५४ औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए।

खेल सकिन ६ मिनेट बाँकी रहँदा पाएको पेनााल्टीमा गोल गर्दै मिल्नरले लिभरपुललाई २–१ को अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल लिभरपुलले २–१ ले जित्यो ।

त्यस्तै गएराति सम्पन्न अर्को खेलमा चेल्सीले हल सिटीलाई २–० गोल अन्तरले पराजित गरेको छ । उसको जितमा विलियम र डिएगो कोस्टाले समान एक–एक गोल गरेका थिए। त्यस्तै अन्य खेलमा वार्टफोर्ड र बर्नमाउथले २–२ गोलको बराबरी खेल्दा सन्डरल्याण्ड र वेस्ट ब्रुम तथा मिडल्सब्रो र वेस्ट ह्याम युनाइटेडले समान १–१ गोलको बराबरी खेलेका छन्।

 

प्रकाशित: १६ आश्विन २०७३ ०५:३४ आइतबार

लिभरपुल चेल्सी