खेल

डर्टमण्डसँग चेल्सी पराजित

चेल्सीले च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा बोरुसिया डर्टमण्डसँग हार बेहोरेको छ।

बुधबार राति भएको खेलमा  घरेलु टोली डर्टमण्डले चेल्सीलाई १-० गोल अन्तरले हराएको हो।डर्टमण्डलाई जिताउन करिम एडीएमीले खेलको ६३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

अब दुई टोलीबीचको दोस्रो लेग मार्च ७ मा चेल्सीको मैदानमा हुनेछ।

प्रकाशित: ४ फाल्गुन २०७९ ०२:४३ बिहीबार

चेल्सी बोरुसिया डर्टमण्ड