खेल

एसी मिलानसँग टोटेनह्याम पराजित

इटालियन क्लब एसी मिलानले युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि क्वाटरफाइनलको पहिलो लेगमा टोटेनह्याम हटस्परविरुद्ध जित निकालेको छ।

गए राति घरेलु मैदान मिलानोमा मिलानले टोटेनह्यामलाई १–० गाेलले पराजित गरेको हो। मिलानको जितमा पहिलो हाफमा ब्राहिम डियाजको गोल नै निर्णायक बन्यो।

खेलको सातौं मिनेटमा डियाजले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए। अन्तत त्यही गोल नै मिलानको जित नै निर्णायक बन्यो।

अब दोस्रो लेग टोटेनह्यामको मैदानमा ८ मार्चमा हुनेछ। मिलानलाई यही नजिता नै क्वाटरफाइनलमा पुग्न पर्याप्त रहँदा टोटेनह्यामलाई क्वाटरफाइनल पुग्न जितको खाँचो छ।

प्रकाशित: ३ फाल्गुन २०७९ ०२:२८ बुधबार

एसी मिलान टोटेनह्याम हटस्पर