खेल

घरेलु मैदानमा पिएसजी बायर्न म्युनिखसँग स्तब्ध

युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जर्मन क्लब बायर्न म्युनिखसँग हार बेहोरेको छ।

गए राति भएको खेलमा पिएसजी बायर्नसँग १–० गोलले पराजित भएको हो। बायर्नको जितमा किङ्सली कोमानले गरेको गोल नै निर्णायक बन्यो।

पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा कोमानले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। उनले ५३औं मिनेटमा अलफन्सो डाभिसको पासमा गोल गर्न सफल भएका थिए।

अन्तिम समयमा बायर्न १० खेलाडीमा समेटिन पुग्यो। बेन्जामिन पाभार्ड दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए। रातो कार्ड पाउने बेलामा पाभार्डले मेस्सीमाथि फउल गरेका थिए।

अब दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा हुनेछ। दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बायर्न क्वाटरफाइनलमा पुग्नेछ। पिएसजीलाई जितको आवश्यक छ।

प्रकाशित: ३ फाल्गुन २०७९ ०२:०९ बुधबार

पिएसजी