खेल

नामिबियाद्वारा नेपाललाई २ सय ८६ रनको विजयी लक्ष्य प्रस्तुत

आईसीसी विश्वकप क्रिकेट लिग-टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाले नेपाललाई  २ सय ८६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।  

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ रन ८५ रन बनायो।  

नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले शतकीय इनिङ्स खेल्दै टोलीलाई ठूलो स्कोर बनाए। उनले बलमा १३७ बलमा १ सय ३३ रन बनाए। कप्तान गेर्हार्ड इरास्मसलाई ५६ रन, जने ग्रीनले ३४ र जान फ्रिलिंकले १३ रन बनाए।

नेपालका लागि करण केसीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए। कुशल मल्ल, सोमपाल कामीले समान १/१ विकेट लिए।

प्रकाशित: २ फाल्गुन २०७९ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App