खेल

ऐतिहासिक पदक विजेता सुष्मा सम्मानित

एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङसहित चार खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन्।

एक्स बक्सिङ ग्रुप मकाउ तथा विभिन्न देशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको समूहले उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको हो। थाइल्यान्डको बैंककमा जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्माबाहेक अन्य तीन खेलाडीले पनि कांस्य पदक जितेका थिए। हेमा राई, तृषा जवेगु र विजय बाटाले कांस्य जितेका थिए। सुष्मालाई ३५ हजार र अन्य तीन जनालाई जनही २५ हजार नगदसहित पुरस्कृत गरिएको हो। उक्त प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दीप श्रेष्ठ तथा सुष्माका सुरुआती प्रशिक्षक नवीन तण्डुकारलाई पनि जनही १० हजार नगदसहित सम्मान गरियो। उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ संघका पूर्वअध्यक्ष राजीव श्रेष्ठ र सम्मान गर्ने संस्थाको तर्पmबाट मानबहादुर श्रेष्ठले एक कार्यक्रमबीच सम्मान गरेका थिए।

प्रकाशित: २९ माघ २०७९ ००:३१ आइतबार