खेल

ह्यान्डबलको खेलाडी छनोट

काठमाडौं- बंगालादेशको ढाकामा हुने मध्य दक्षिण एसियाली स्तरको आइएचएफ ट्रफी ह्यान्डबल प्रतियोगितालाई नेपाली खेलाडी छनोट गरिएको छ। अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघले हरेक दुई वर्षमा आयोजना गर्ने आइएचएफ ट्रफीमा यमनसहित ९ राष्ट्रले भाग लिनेछ।  

छनोट भएका १४ महिला खेलाडीमा निशा राई, रमिला बस्नेत, यशोदा ताम्राकार, संगीता श्रेष्ठ, तारादेवी महत, लक्ष्मी राई, सुस्मिता वैद्य, शिला रेग्मी क्षेत्री, रमिता खडका, आकृति गुरुङ, बबिता श्रेष्ठ, प्रतिमा थापा, आइत लामा र अन्जना मल्ल छन। टिम म्यानेजरमा प्रकाश सुनुवार र प्रशिक्षकमा पर्वत गुरुङ र बिन्दा कुमारी महाराजी छन्।

ह्यान्डबल संघका अनुसार पुरुष खेलाडीमा तेन्जेन लामा, नरेन्द्र बिसी, रमेश केसी, आशिष अधिकारी, सचित कार्की, सन्दिप खडका, चन्द्र केसी, शरुण श्रेष्ठ, भुवन शाही, सुजन महर्जन, सुजन मगर, सुधांशु श्रेष्ठ, मात्रिका राई र राजेश तामाङ छन्। टिम म्यानेजरमा भीमबहादुर केसी, प्रशिक्षकमा हिमाल दाहाल र रमेश सापकोटा छन्।

असोज २३ देखि २७ सम्म ढाकामा हुने प्रतियोगितामा गोविन्दराज जोशी र रोशन रेग्मी निर्णायकमा रहने छन्। सन् २०१२ मा नेपाल र २०१४ मा पाकिस्तानमा सम्पन्न प्रतियोगितामा नेपाली महिला टोलीले तेस्रो भएको थियो।   

प्रकाशित: ६ आश्विन २०७३ ०२:३८ बिहीबार

ह्यान्डबलको खेलाडी छनोट