खेल

नेपाल मोडल र स्कोलर्सलाई सफलता

नेपाल मोडल र स्कोलर्स होम्सले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेका छन्।

हात्तीगौंडास्थित आयोजक भद्रकालीको कोर्टमा भइरहेको प्रतियोगिताको नेपाल मोडलले आयोजक भद्रकालीलाई ३०–२३ ले पराजित गर्यो। नेपाल मोडलको जितमा सौरभ चौधरीले १४ अंक योगदान गरे। महेन्द्र पोखरेलको ६ अंक सहयोगमा स्कोलर्स होम्सले टिआइएलाई २५–२४ को झीनो अन्तरले हरायो। सिनियर ब्वाइजमै गोल्डेन पिकले जुगललाई ४३–३२ तथा एचएचसिएले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३५–३२ ले पन्छाए। गोल्डेनपिकका विजय तामाङले १४ तथा एचएचसिएका हेमन्त मगरले १२ स्कोर गरे। गल्र्समा एचएचसिएले भद्रकालीलाई २६–१७ ले निराश पार्यो।

जुनियर ब्वाइजमा स्किब्सले भद्रकालीलाई २९–२२ तथा हिमालयन किङडमले इबिएलाई १८–१६ ले पाखा लगाए। स्किब्सका सोहन ठकुरीले १५ तथा हिमालयनका आदित्य श्रेष्ठले ६ अंक जोडे। प्रतियोगिताको भद्रकालीकी संस्थापक अध्यक्ष सुनीता अधिकारी र संस्थापक कृष्णप्रसाद अधिकारीले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे। प्रभु बैंकको मुख्य प्रायोजनमा फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १७, गल्र्समा ९ र जुनियर ब्वाइजमा १३ टिम सहभागी छन्।

प्रकाशित: २८ माघ २०७९ ००:२६ शनिबार