खेल

म्यानचेस्टर युनाइटेड नवप्रवेशी वाटफोर्टसँग स्तब्ध

लण्डन–इङलिस प्रिमियर लिग अन्तर्गत अइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर य¬नाइटेड नवप्रवेशी वाटफोर्टसँग स्तब्ध बन्न पुगेको छ ।
वाटफोर्डको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड ३–१  गोल अन्तरले पराजित भएको हो ।

वाटफोर्डले खेलको  ३४ औं मिनेटमा केप¬को गोलबाट सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडले खेलको ६२ औ मिनेटमा रासफोर्डको गोलबाट खेललाई १–१ गोलको बराबरीमा ल्याएको थियो । तर खेलको ८३ औं मिनेटमा जुनिगाले गोल गर्दै वाटफोर्डलाई २–१ को अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा प्राप्त पेनाल्टीलाई गोलमा सद¬पयोग गर्दै वाटफोर्डका ड्यानीले आफ्नो टोलीलाई ३–१ को  जित दिलाएका थिए ।

म्यानचेस्टर युनाइटेडको यो लगातार तेस्रो हार हो । यसअघि म्यानचेस्ट डब्र्रीमा म्याचेस्टर सिटीसँग २–१ ले पराजित भएको य¬नाइटेड युरापा लिगमा नेदरल्याण्डस्को फेयनुडसँग २–१ गेल अन्तरले पराजित भएको थियो ।

 

प्रकाशित: ३ आश्विन २०७३ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App