खेल

युरोपियन पारा तेक्वान्दोमा भण्डारीलाई कास्य पदक

काठमाडौँ- पोल्याण्डमा भएको पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सिता भण्डारीले कास्य पदक जितेकी छिन्। पोल्यान्डको वार्सामा भएको ५८ केजी तौल समुहको के–४४ विधातर्फ सिताले कास्य पदक जितेकी पारा तेक्वानदो प्रशिक्षक कल्याण कुँवरले बताए। सिताले रसियाकी खेलाडी अब्दुलोभालाई १२–१ स्कोरले हराउदै सेमिफाइनलमा स्थान बनाएकी थिइन्। तर उनि फाइनल यात्रा तय गर्न रसियाकै खेलाडी रामा जोनोभासँग भएको खेलमा ६–१ स्कोरले पराजित भएपछि कास्य पदकमै चित्त बुझाउन बाध्य भइन्।

त्यस्तै के–४४ क्याटगोरीको ४०–५० केजीमा रञ्जना धामी पहिलो खेलमै सडन डेथमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिन्। निर्धारित तेस्रो राउन्डसम्म उब्जेकिस्तानकी खेलाडी इसाकोभा जियोदाखोनसँयग धामीले बराबरी स्कोर गरिन्। चौथो राउन्डको सडन डेथमा भने उनि पराजित भएको टोलीका प्रशिक्षक कुँवरले बताए। प्रशिक्षक कुँवरले उनिहरुले पर्याप्त श्रेात साधनमा रहेर गरेको ट्रेनिङ अनुरुप प्रदर्शन गरेको बताए। टिम व्यवस्थापकमा दीपक विष्टले भने समग्रमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। उनीहरुलाई खेल्नका अझ ट्रेनिङ र राम्रो वातावरण नेपालमा आवश्यक छ।

प्रकाशित: २ आश्विन २०७३ ०४:१९ आइतबार

युरोपियन पारा तेक्वान्दोमा भण्डारीलाई कास्य पदक