खेल

दिप्रुङ गाउँपालिकास्तरीय ‘राष्ट्रपति रनिङ सिल्ड’ महेन्द्रोदयलाई

राष्ट्रपति रनिङ सिल्ड विजेतालाई प्रदान गर्दै। तस्बिर: महेश्वर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता ०७९’को उपाधि स्थानीय महेन्द्रोदय माध्यमिक विद्यालय ओख्रे डाँडागाउँले चुमेको छ। यसै साता सम्पन्न गाउँपालिकास्तरीय प्रतियोगितामा बिभिन्न विद्यालयहलाई पछि पार्दै महेन्द्रोदय मावि उपाधि चुम्न सफल भएको हो।

४ दिनअघि सुरु भएर मंगलबार सम्पन्न प्रतियोगिताको फाइनल खेल २ नं. वडाको डाँडागाउँमा सम्पन्न भएको थियो। फाइनलमा स्थानीय महेन्द्रोदय माविले विभिन्न ४ स्वर्ण र ४ काश्य पदकसहित उत्कृष्ट खेल प्रदर्शन गर्दै रनिङ सिल्डको उपाधिमा कब्जा जमाएको हो। गाउँपालिकाको शान्ति मावि छोरम्बु ३ स्वर्ण, २ रजत र २ कास्य पदक जित्दै दोस्रो स्थान ल्याउन सफल भएको छ भने कृष्ण मावि टेम्माले २ स्वर्ण र ४ रजत पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ।

प्रतियोगितामा छात्र तथा छात्रातर्फ भलिबल, कबड्डी, हाइ जम्प, लङ जम्प, सट फुट, २०० मिटर दौड, १० गुणा ४ सय मिटरको रिले दौडलागयत विभिन्न ८ विधामा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगिताका विजेता विद्यालय तथा खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले एक समारोहका बीच शिल्ड, मेडल तथा माणपत्र प्रदान गरे। प्रतियोगितामा १४ वटै विद्यालयबाट छात्रछात्राहरुको उत्साहजनक सहभागिता रहेको थियो।

पुरस्कार वितरण गर्दै अध्यक्ष राईले युवाहरुलाई विद्यालयस्तरबाटै खेलकुदको माध्यामबाट अनुशासन, राष्ट्र, राष्ट्रियता र गतिसिलताबारे जानकारी गराउन राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता महत्वपूर्ण रहेको बताए। उनले खेलकुद प्रतियोगितालाई आगामी दिनमा गाउँपालिकाले रचनात्मक, सिर्जनसिल बनाउने तथा युवा जगतलाई खेलकुदप्रति मोह जगाउँदै स्वस्थ्य र अनुशासित बनाउने अभियानमा लगाउने बताए।

अध्यक्ष राईले ‘दिप्रुङ चुईचुम्माको चाहना, खेलकुद विकासको भावना’ भन्ने नाराका साथ स्थानीय खेलाडीहरुलाई राष्ट्रपति रनिङ सिल्डमार्फत उनीहरुको क्षमता उजागर गर्दै भावीदिनमा सशक्त खेलाडी निर्माण गर्ने अभियान चलाएको बताए। गाउँपालिकाका सबै वडाहरुमा खेलकुद मार्फत युवा गतिबिधि बढाउन वार्षिक नीति तथा कार्यक्रम पास गरेरै अघि बढिरहेको पनि बताए। विद्यालयस्तरबाटै खेलकुदप्रति युवाहरुलाई संलग्न गराउँदै विकास, अनुशासन र गतिसिलताप्रति प्रतिबद्ध गराउदै लाने योजना गाउँपालिकाले अघि सारेको पनि अध्यक्ष राईले बताएका छन्।

प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले छात्रछात्रालाई भावी दिनमा राष्ट्रिय खेलाडीको रुपमा विकास गर्न यस्तो प्रतियोगिताले सहयोग गर्ने भएको भन्दै त्यसतर्फ गाउँपालिका प्रतिबद्ध रहेको बताए। आयोजना गरेको गाउँपालिकालका बताएका छन्।  

प्रकाशित: २५ माघ २०७९ १२:५२ बुधबार

राष्ट्रपति रनिङ शिल्ड खेलकुद