खेल

यु–१९ क्रिकेट टोली प्रशिक्षणमा व्यस्त

यु–१९ विश्वकप छनोट लागि नेपालले यही फेब्रुअरी २४ मा सिंगापुरसँग खेल्ने छ। एशिया क्षेत्रबाट क्वालिफाइड हुँदै यु–१९ विश्वकपमा छनोट हुने एकमात्र लक्ष्य नेपाली टोलीले लिएको छ। नेपालले सिंगापुरसँगै २५ तारिखमा कुवेतसँग खेल्ने छ। फेब्रुअरी २६ मा टोलीले आराम पाउने छ। २७ फेब्रुअरीमा हङकङसँग प्रतिस्पर्धा गर्ने छ। २८ मा मलेसिया र २ मार्चमा युएईसँग खेल्ने छ। ६ टिम बीचको प्रतिस्पर्धामा शीर्षस्थानमा रहने एक टोलीले यु–१९ विश्वकपमा आफनो स्थान बनाउने छ।

यु–१९ विश्वकपमा आफनो स्थान बनाउने नेपाली टोली यतिबेला खेलकुदको शहर पोखरामा प्रशिक्षणमा व्यस्त छ। एकहप्तादेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ। पोखराको क्रिकेट मैदानमा पर्याप्त सुविधा नभएपनि नेपाली टोलीका खेलाडीहरु आफूलाई निर्खान व्यस्त छन्। निखार्ने जिम्मेवारी प्रशिक्षक जगत टमटाको काँधमा छ। 

‘टे«निङमा एक्सपोजर चाहिन्छ। जुन पोखरामा छैन्। यद्यपी जुन उपलब्ध छ त्यो नै उपयोग गरेका छौं।’ प्रशिक्षक टमटाको भनाइ छ। पोखरामा क्रिकेट पीच र आउट फिल्ड मात्रै राम्रो भएको उनले स्वीकाछन्। नेट्स प्राक्टिसको लागि टर्फ विकेट तयारी अवस्थामा छैन्। क्रिकेट विकेट छ, तर उपयोगी छैन्। ‘प्राक्टिसको लागि इण्डोर(फेन्सिङ भित्र)लाई व्यवस्थित बनाउनुपर्छ।’ टमटाको सुझाव थियो। नेट्सको विकेट तयारी गर्नुपर्ने थियो तर समयमै बनाउन सकिएन्।

काठमाडौं पछिको उत्कृष्ट क्रिकेट मैदान भनेर यत्रतत्र चर्चा हुने गरेपनि पोखरा रंगशालाको क्रिकेट मैदानलाई व्यवस्थित गर्ने तर्फ ध्यान छैन्। राष्ट्रिय खेलकुद परिषदले विगतमा बजेट छुट्टाएपनि निकासा नहुदाँ काम हुनै सकेको छैन्। यो वर्षपनि दुई करोड रुपैयाँ क्रिकेट मैदानको लागि छुट्टिएको छ। दुई करोड रुपैयाँले कास्की जिल्ला क्रिकेट संघले प्लेयर बक्स तथा चेन्जिङ रुम बनाउने योजनामा छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै पूर्वसन्ध्यामा साइडस्क्रिन निर्माण गरिएको थियो। त्यसभन्दा अघि २५ लाख रुपैयाँको बजेटबाट मैदान संरक्षण गर्ने फेन्सिङ लगाइएको थियो।

पर्याप्त सुविधा नभएको मैदानमा यतिबेला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण चलिरहेको छ। ‘८÷९ दिनलाई भनेर आएका हौं। एकहप्ता भयो। अब दुई÷तीन दिनपछि काठमाडौं फर्किन्छौं।’ प्रशिक्षक टमटा आफनो योजना सुनाउँछन–‘त्यसपछि खेल अनुभवको बाहिर जान्छौं।’ उनले युएईमा हुने उक्त छनोट प्रतिस्पर्धामा नेपाल शीर्षस्थानमा रहेर छनोट रहने दावी र विश्वास एकैसाथ लिन्छन्। ‘अरुको अवस्था हेरेर मात्रै रणनीति बनाउने छौं।’ उनको भनाइ थियो।

नेपालले २०१६ पछि विश्वकप छनोटको खेल खेलेको छैन्। छनोट खेल्ने सबै टोली उत्कृष्ट छन्। कमजोर कोही छैनन्। च्यालेन्ज छ। ‘युएई अरुभन्दा राम्रो छ।’ प्रशिक्षक टमटा भन्छन–‘बराबर हेरेर योजना बनाई खेल्ने छौं ।’

उमेर समूहको बन्द प्रशिक्षणको उपयोग भने स्थानीयस्तरका खेलाडीले लिन नसकेको गुनासो उनको थियो। एकेडेमीका युवाहरुले क्याम्पमा भएका खेलाडीसँग अनुभव साट्ने अवसर पाएका थिए। जुन उपयोग गर्नबाट स्थानीय खेलाडी बन्चित छन्। ‘समन्वय नै छैन्। एकेडेमीका युवा खेलाडीहरुले एक्सपोजर पाउने थिए। बलिङमा एक्सपोज हुने अवसर पाउने थिए।’ प्रशिक्षक जगत टमटाले भन्छन–‘नयाँ खेलाडीले सिक्ने अवसर पाउने थिए। त्यो पोखरामा सम्भव देखिएन्।’ उनका अनुसार दुई क्रिकेटरले बलिङको अवसर पाएको भन्दै यस्तै अन्य खेलाडीले पनि एक्सपोज हुने अवसर पाउने थिए।  

प्रकाशित: २५ माघ २०७९ ०८:४४ बुधबार

यु–१९