खेल

युइएफए अध्यक्षमा सिफ्रिन निर्वाचित

एथेन्स— युरोपियन फुटबल एसोसिएसन युईएफएको अध्यक्षमा एलेक्जेन्डर सिफ्रिन निर्वाचित भएका छन्।
सन् २०११ देखि स्लोभानिया फुटबल संघका प्रमुख रहँदै आएका सिफ्रिनले आफ्ना चिरप्रतिद्वन्द्वी  नेदरल्याण्डस््का मिचेल भान प्रागलाई १३ मतको झिनो मतले पछि पारे।

मंगलबार ग्रिसको राजधानी एथेन्समा सम्पन्न युइएफए कांग्रेसकोे बैठकमा उनले कुल ७१ सदस्य राष्ट्रमध्ये  ४२ सदस्य राष्ट्रको समर्थन प्राप्त गर्दा प्रागले २९ सदस्य राष्ट्रको मात्र समर्थन हात पारेका थिए।

अध्यक्ष निर्वाचित भएपछि संचार माध्यमलाई प्रतिक्रिया दिँदै सिफ्रिनले भने ‘यो म र स्लोभानिया फुटबल एसोसिएसनका लागि  ठूलो उपलब्धी हो,  साथै यो मेरो लागि एक चुनौती हो जुन सामना गर्न म तयार छु।
युइएफएका तत्कालिन अध्यक्ष प्लाटिनीलाई भ्रष्टचारमा मुछिएको भन्दै फिफाले उनीमाथि प्रतिबन्ध

लगाएपछि युइएफएको अध्यक्ष पद रिक्त रहँदै आएको थियो। उनको कार्यकाल सन् २०१९ सम्म रहने छ।
 

 

प्रकाशित: २९ भाद्र २०७३ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App